ताजा अपडेट »

‘कहिले दायाँ कहिले बायाँ’ सार्वजनिक

मंगलबार, ०६ फागुन २०७६

फागुन ६,

बुटवल । गीतकार तथा गायक वसन्त थापा मगरको नयाँ गीत ‘कहिले दायाँ कहिले बायाँ’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा पल शाह, नग्मा श्रेष्ठ र शोभित बस्नेत फिचर्ड छन् । गायक थापाकै शब्द र लय रहेको उक्त गीतमा महिला स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी छन् । सुमन अधिकारी निर्देशित भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

थापाले यसअघि ‘आमाले बोकेको भारी’ नामक गीतको भिडियो दर्शकमाझ ल्याइसकेका छन् ।

https://youtu.be/nd0MeI6Jizs