ताजा अपडेट »

निफमा ‘बुलबुल’को डबल ह्याट्रिक !

मंगलबार, ०६ फागुन २०७६

फागुन ६,

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल चलचित्र ‘बुलबुल’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा ६ वटा अवार्ड जितेको छ । चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक हानेको छ उक्त चलचित्रबाट उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, आकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जित्न सफल भएको छ ।

फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन् । त्यसैगरि जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाले हात पारे छिन् । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ रिलिज बाटनै राम्रो नाम र दम कमाएको छ भने उक्त चलचित्र सकेपछि देश तथा विदेशमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा भने अवार्ड र पुरस्कार जित्न सफल भएको देखिन्छ ।

त्यस्तै विपिन कार्की अभिनित चलचित्र ‘गोपी’ले तीनवटा अवार्ड हात परेको छ उक्त चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । त्यसैगरि छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई जुरीले उत्कृष्ट अवार्ड प्रदान गर्यो ।