ताजा अपडेट »

खानापछि यसकारण खाइन्छ डेजर्ट

आइतबार, ०४ फागुन २०७६

हामी खाना खाइसकेपछि केही न केही गुलियो खानेकुरा खाने गर्छौं । जसलाई मानिसहरु Dessert भन्ने गर्छन् । तर धेरैलाई थाहा नहुन सक्छ खानापछि गुलियो खानुको कारण । मानिसहरु पहिला मसालेदार खाना खान्छन् अनि गुलियो खाएर उक्त भोजन समाप्त गर्न चाहन्छन् ।

के तपाईले सोच्नु भएको छ हामी पहिला किन गुलियो भोजन गरेर पछि खाना खाँदैनौं ? किन पहिला खाना नै खान्छौं अनि मात्र गुलियो परिकार खान्छौं ? धेरैले यसलाई पहिले देखि नै चलिआएको चलन भन्दै सोही कुरा मान्दै आएका छन् तर यसको पछाडि वैज्ञानिक कारणहरु पनि रहेका छन् । जब तपाई मसालेदार खानेकुरा खानुहुन्छ, त्यो बेला शरीरको पाचन नलीले पाचन रस तथा एसिड उत्पन्न गराउँछ । मसालेदार खाना खाएपछि यो कुराको सुनिश्चित हुन्छ कि तपाईको पाचन प्रक्रियामा कुनै प्रकारको समस्या छैन अर्थात ठिक छ । अर्को कुरा गुलियो खानामा कार्बोहाइड्रेडको मात्रा बढी हुन्छ, जसले पाचन प्रक्रिया बिस्तारै सही तबरले गराउन मद्दत गर्छ ।

यसबाहेक गुलियो परिकारको सेवनले एमिनो एसिड ट्रिप्टोफ्यान बढाउँछ । ट्रिप्टोफ्यानले सेरोटोनिनको मात्रा बढाउने बुझिन्छ । सेरोटोनिन एक न्यूरोट्रान्समिटर हो, जुन मानिसको खुशीको भावनासँग जोडिएको हुन्छ अर्थात् गुलियो परिकार खाँदा तपाई खुशी हुनुहुन्छ । यही कारण हो मानिसहरु भोजन पश्चात मिठो अर्थात गुलियो खानेकुरा खाने गर्छन् ।-एजेन्सी