ताजा अपडेट »

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १ हजार ६६९ पुग्यो

आइतबार, ०४ फागुन २०७६

फागुन ४,

काठमाडौं । चीनमा नोबेल कोरोना भाइरसका कारण शनिबार मात्र १४२ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या एक हजार ६ सय ६९ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार शनिबार करिब २ हजार जना नयाँ संक्रमित भेटिएका छन् ।

मृत्यु हुनेमा हुवई प्रान्तमा १३९ , सुचिवानमा २, हुनानमा १ जना रहेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । हालसम्म ५६ हजार बढी संक्रमित भएका छन् । नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । 

चीनका यातायात उपमन्त्री लियु शाओमिङ्गका अनुसार चीनमा मानिसहरुको आवागमनमा ६ गुणा कम गरिएको छ । शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको ज्यान गएको छ । फ्रान्समा एक जना चिनियाँ नागरिकको ज्यान गएको हो ।