फागुन ४,
ग्लोबल आवाज
बुटवल । तिलोत्तमा नगरमा जारी तिलोत्तमा अन्तर वडा कप फुटबल प्रतियोगिता २०७६ मा वडा नं ४ र वडा नं ५ विजयी भएका छन । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा शनिबार भएको खेलमा वडा नं ४ ले वडा नं १२ लाई ६–१ गोल तथा वडा नं ५ ले वडा नं ११ लाई ३–१ गोल अन्तरले पराजित गरेका हुन् ।
चपरहट्टी खेल मैदानमा भएको पहिलो खेलमा वडा नं ४ को जितमा मिशन दलार्मी र किशोर क्षेत्रीले समान २–२ गोल गरेका थिए । मिशनले खेलको २१ र ४१ औं मिनेट तथा किशोर क्षेत्रीले ४७ मिनेट र ६० औ मिनेटमा गोल गरेका थिए । वडा नं. ४ का सन्देश गुरुङले ३७ मिनेट, रेशम थापाले ५४ मिनेटमा थप गोल गरे । वडा नं. १२ का राजन चौधरीले खेलको ३९ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा मिशन दलार्मी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा वडा नं ५ को जितमा उत्सव गुरुङले खेलको २७ औं मिनेट, सन्दिप कुवरले खेलको ६२ औं मिनेट तथा दिलिप पुनले खेलको ६५ औ मिनेटमा गोल गरेका थिए । वडा नं. ११ का जमिद मियाले खेलको ६० औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा वडा नं. ५ का विवेक पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत आईतबार वडा नं ८ र वडा नं १४ तथा वडा नं ७ र वडा नं १ का बिचमा खेल हुने संयोजक सुर्य चापागाईले बताए । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गरेका छन ।
प्रतिक्रिया