फागुन २,
ग्लोबल आवाज
बुटवल । तिलोत्तमा नगरमा जारी तिलोत्तमा अन्तर वडा कप फुटबल प्रतियोगिता २०७६ मा वडा नं ६ र वडा नं ९ विजयी भएका छन् । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा शुक्रबार भएको खेलमा वडा नं ६ ले वडा नं १६ लाई ५–१ तथा वडा नं ९ ले वडा नं ३ लाई ३–१ गोल अन्तरले पराजित गरेका हुन् ।
चपरहट्टी खेल मैदानमा भएको पहिलो खेलमा वडा नं ६ को जितमा सिजन थापाले दुई तथा सन्दिप चौधरी, संगम थापा र रोहित सुनारले गोल गरेका थिए । वडा नं १६ का उमेश चौधरीले सान्त्वना गोल गरेका थिए । यसैगरि दोस्रो खेलमा वडा नं ९ को जितमा रोशन गोतामे, निशान नेपाली र बासु गुरुङले गोल गरेका थिए । वडा नं ३ का मनिष रानाले खेलमा सान्त्वना गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार वडा नं ४ र वडा नं १२ तथा वडा नं ५ र वडा नं ११ का बिचमा खेल हुने संयोजक सुर्य चापागाईले बताए । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् ।
प्रतिक्रिया