ताजा अपडेट »

औषधी व्यवसायीको कोरोना विरुद्ध सचेतना कार्यक्रम

शुक्रबार, ०२ फागुन २०७६

फागुन २,

ग्लोबल आवाज

बुटवल । नोबेल कोरोना भाईरसका बारे सहि सूचना दिने र सचेतना जगाउने उद्देश्यका साथ रुपन्देहीका औषधी व्यवसायीहरुले जनचेतनामुलक अभियान शुरु गरेको छ । रुपन्देही औषधी व्यवसायी संघले शुक्रबार बुटवलमा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा. राजेन्द्रप्रसाद खनाललाई स्वागत तथा बधाई कार्यक्रम तथा कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम सुभारम्भ गरेको हो ।

एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्रप्रसाद खनाल, संघका अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकारहरु रामप्रसाद खरेल, खेम पुन, डा. रोहितराज क्षेत्री, लोकहरि श्रेष्ठ, संघका अन्चल शाखा अध्यक्ष शिव ज्ञवाली, सल्लाहकार मोहन कुमार पाण्डेले शुक्रबार बुटवलमा सामुहिक रुपमा पर्चा पम्प्लेट सावर्जनिक गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष सुर्य बहादुर भट्टराईले विस्थापित भएका औषधी ब्यवसायीहरुलाई छिट्टै व्यवस्थापन गर्ने बताएका छन् । अस्पतालकै उत्तरतर्फ निमार्ण गरिने अत्याधुनिक व्यवसायीक भवनमा औषधी ब्यवसायीलाई पुनःस्थापित गर्ने उनले प्रतिवद्धता जनाएका हुन् । भवन भत्काएको भन्दा पनि नया बनाउने काम शुरु भएको उनले दाबी गरे । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्रप्रसाद खनालले मानिसमा सकारात्मक सोचको विकास हुनुपर्ने बताए । मानव जिवनशैली परिवर्तन भएको तर सोच विकास नभएको उनले दुखेसो गरे ।

अस्पतालको उत्तरतर्फको जग्गामा २० देखि २५ तल्लाको व्यवसायिक भवन निर्माण गर्ने समेत सरकारको तयारी रहेको उनले बताए । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खरेलले बुटवललाई मेट्रो सिटिका रुपमा विकास गर्ने गरि अघि बढ्नुपर्ने बताए । पछिल्लो समय सरकारले अस्पताल विकासमा लगानी गरिरहेको भन्दै अब निजि क्षेत्र पनि आ–आफनो सेवालाई स्तरोन्नतीमा लाग्नुपर्ने बताए । कार्यक्रममा संघका अन्चल शाखा अध्यक्ष शिव ज्ञवालीले औषधी ब्यवसायी र अस्पतालको समितिको सम्बन्धबाट नै अस्पतालको विकास हुने बताए । कतिपय अस्पतालमा संचालन गरिएका फार्मेसीहरुको सेवा गुणस्तर हुन नसकेको उनले बताए ।

संघका सल्लाहकार डा रोहितराज क्षेत्रीले समिति अब नया ढंगबाट अघि बढ्नुपर्ने सुझाव दिए । पुरानै ढर्राका रुपमा विकास समिति नभई अब नयाँ रुपमा नीति बनाएर अघि बढ्नुपर्ने उनले बताए । आम नागरिकलाई सहि सुचना सम्प्रेषणको दायित्व सरकारको भएपनि नीजि क्षेत्रबाट सहयोगीको भुमिका खेलेको संघका अध्यक्ष सुरज भट्टराईले बताए । चाईना भ्रमणबाट फर्किएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर सरकारबाट सुरक्षामा जोड दिएको विषयलाई सकारात्मक लिनुपर्ने उनले बताए ।

महासचिव पुरुषोत्तम भट्टराईले ‘गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधीको आपुर्तिःहाम्रो प्रतिवद्घता’ नारासहित बिस २०३० सालमा स्थापना भएको संघमार्फत वार्षिक कार्ययोजना बनाएर ब्यवसायिक हकहित पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको बताए । आगामी दिनहरुमा तालिमको समय बढाउने, तालिम अन्तरगत फार्मेसी विद्यार्थीहरुलाई अभिमुखिकरण गराउने तथा व्यवहारिक ज्ञानका करिकुलम बनाएर चलाउने उनले बताए । संघको अगुवाईमा कोरोना भाईरस विरुद्ध सचेतनामुलक ३० वटा ब्यानर र १० हजार पम्प्लेट छापिएको संयोजक नारायण थापाले बताए । पम्प्लेटमा कोरोना भाईरसका मुख्य लक्षणहरु, बच्ने उपाय लगायतका बारेमा विस्तृत जानकारी दिईएको उनले बताए ।