ताजा अपडेट »

आजदेखि २१औं तिलोत्तमा गोल्डकप , एपिएफ र झापा–११ भिड्दै

शनिबार, ०४ फागुन २०७५

फागुुन ४,
ग्लोबल आवाज
बुटवल । २१औं तिलोत्तमा गोल्डकप आजदेखि सुरु हुँदैछ । विं.सं.२०३१ सालबाट सुरु भएको ऐतिहासिक तथा चर्चित प्रतियोगिताको २१औं संस्करण २१ औं लाली तिलोत्तमा नकआउट फुटबल प्रतियोगिता आज दिउँसोबाट सुरु हुँदैछ ।

बुटवल उपमहानगरको संरक्षकत्व र रुपन्देही फुटवल संघको आयोजनामा प्रतियोगिता निरन्तर हुुँदै आएको छ । २१ औं संस्करणको प्रतियोगिता बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले उद्घाटन गर्ने रुपन्देही फुटवल संघका महासचिव लोक पुनले बताए ।


प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय गरी १० टिम रहेको उद्घाटनको समेत पूर्ण तयारी भएको रुपन्देही फुटवल संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार) ले जानकारी दिए । एन्फा स्टेडियम बुटवलमा हुने प्रतियोगिताको उद्घाटन खेल एपिएफ क्लब र झापा–११ बीच हुनेछ ।