ताजा अपडेट »

आजदेखि देशभर‘लभ डायरीज’

शुक्रबार, ०२ फागुन २०७६

फागुन २,

ग्लोबल आवाज

बुटवल । त्रिकोणात्मक प्रेम कथामा अधारित नेपाली चलचित्र ‘लभ डायरीज’ आज प्रणय दिवसको दिनबाट देशभर प्रदर्शनमा आएको छ ।

सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘लभ डायरीज’को कथा मधु बास्कास्तोलाले लेखेका हुन् भने मुख्य निर्माता विनोद सापकोटा तथा निर्माता मोती कार्की रहेका छन् । चलचित्रका मुख्य नायकका रुपमा सुशिल श्रेष्ठ, नायिका रुबिना थापा रहेका छन् । चितवन, पोखरा, काठमाण्डौं र मनाङमा छायांकन गरिएको चलचित्रमा कलाकार विश्वजित रिमालको पनि मुख्य भूमिका रहेको छ । चलचित्र निर्माण गर्दा करिब सवा करोड लागेको थियो ।

चलचित्रको प्रचार–प्रसारमा देश दौडाहामा निस्केको चलचित्रको टोली सोमबार बुटवल आएको समेत आएको थियो ।