ताजा अपडेट »

तिलोत्तमामा वडास्तरीय फुटवल प्रतियोगिता सुरु

विहीबार, ०१ फागुन २०७६

फागुन १,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबारदेखी तिलोत्तमा अन्तर वडा कप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरका हरेक वडामा खेल पुर्वधार निमार्णको काम अघि बढाएको बताए । खेलकुद गतिविधिसंगै पूर्वाधारमा निमार्ण गरेर नगरलाई खेलग्रामका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए ।

एकेडेमीका अध्यक्ष तिलक नेपालीले दक्ष जनशक्ति उत्पादन गर्ने, फुटबलको बारेमा आभारभुत ज्ञान दिने, प्रतियोगिता गर्ने काममा आफुहरु लागेको बताए । वडा कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको आधारमा नगर टिम तयार हुने उनले बताए । कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष तामनाथ पाण्डे, शंकरनगर सामुदायिक बनका अध्यक्ष राम गिरी, सिद्धार्थ युवा क्लबका अध्यक्ष युवराज खरेल, क्लबका उपाध्यक्ष लाल प्रकाश थापामगर, सचिव युवराज पराजुलीले सबैको साथमा खेल गतिविधिलाई निरन्तरता दिने बताए । आज भएको पहिलो खेलमा वडा नं. १३ र १५ ले विजयी सुरुवात गरेको छन । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा विहिबारदेखि शुरु भएको खेलमा वडा नं १३ ले वडा नं. २ लाई ट्राईबेकरमा ३-१ गोल तथा वडा नं. १५ ले वडा नं ३ लाई २-१ गोल अन्तरले पराजित गरेका हुन । चपरहट्टी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं २ का अंकित थापाले २८ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५८ औ मिनेटमा वडा नं १३ का हिमाल थापाले बराबरी गोल गरे । निधार्रित समय १-१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा गएको थियो । खेलमा वडा नं २ का हिमाल कार्की म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि बिहिबार नै भएको दोस्रो खेलमा वडा नं १५ को जितमा रोशन थापाले खेलको १० औ मिनेटमा र निकेश गुरुङले खेलको २३ मिनेटमा गोल गरेका थिए । वडा नं. १० का दिपक चौधरीले खेलको ५५ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । वडा नं. १५ का सुभाष राना म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन । प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

भोली वडा नं ६ र वडा न १६ तथा वडा नं. ९ र वडा नं. ३ का बिचमा खेल हुने खेल संयोजक सुर्य चापागाईले बताए । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गरेका छन ।