फागुन १,
काठमाडौँ । भारतका चर्चित गायक अर्जित सिंहले करिब ९ करोड भारतीय रुपैयाँ बराबरको फ्ल्याट किनेका छन्। मुम्बईको भरसोभामा उनले एकै घरको चार वटा फ्ल्याट करिब ९ करोड भारतीय रुपैयाँ बराबरको फ्ल्याट किनेका हुन्। उनले ५४ लाख स्ट्याम्प ड्युटिइज समेत तिरिसकेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार ३२ स्क्वायर मिटर रहेको एक फ्ल्याटको एक करोड ८० लाख, ७० स्क्वायर मिटरको दुई करोड बीस लाख, ८० स्क्वायर मिटरको दुई करोड ६० लाख र अर्को ७० स्क्वायर मिटर रहेको फ्ल्याटको दुई करोड पाँच लाख परेको हो। उनको चारै वटा फ्ल्याट एउटै तल्लामा रहेका छन्। गत डिसेम्बरमा अर्जित सिंहलाई फोर्ब सेलिब्रेटी १०० मा २६ औं स्थानमा राखिएको थियो। उक्त तालिकामा उनको कुल आम्दानी ७१ करोड ९५ लाख देखाइएको थियो। सिंहको आम्दानीको स्रोत लाइभ कन्सर्ट भएको बताइएको छ।-एजेन्सी
प्रतिक्रिया