ताजा अपडेट »

प्रथम गैडहवा ताल महोत्सव भोलीदेखी

बुधबार, २९ माघ २०७६


माघ २९,

ग्लोबल आवाज

बुटवल । गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौं, बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं, हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान भन्ने नारा सहित गैडहवामामा बिहिबारदेखि शुरु हुन लागेको प्रथम गैडहवाताल महोत्सव २०७६ को उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने भएका छन् ।

रुपन्देही जिल्लाकै ठूलो र प्रदेश नं. ५ कै नमूना ताल बन्न सक्ने गैडहवातालको प्रबद्र्धन गर्न र नेपाल भ्रमण बर्ष–२०२० लाई समेत लक्षित गरी संचालन गरिएको प्रथम गैडहवाताल महोत्सव–२०७६ ले ओझेलमा परिरहेको र संचार माध्यममा खासै प्रचारमा आउन नसकेको गैडहवातालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनहरुको आगमनलाई बृद्धि गर्न सहयोग गर्ने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले बताए । ‘कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास’ भन्ने मुख्य नारा सहित संचालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती हुने छ भने महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई गैडहवातालको अवलोकन गर्नको लागि गैडहवा गाउपालिकाले २० लाख रुपैयाँ खर्च गरेर दुइ वटा स्टीमर र दुइवटा खुट्टे गरी चारवटा डुंगा संचालनमा ल्याएकोछ ।

यस्तै दर्शकहरुका लागि थप अध्ययन तथा अवलोकनका लागि एशियाकै दोश्रो जटायू रेष्टुरेण्टको भ्रमण गराउने संयोजक रानाले बताए । १०० स्टल रहने ताल महोत्सवमा विज्ञान– प्रविधि,कृषि र स्वदेशी तथा स्थानीय उत्पादनलाई महोत्सवमा राखिने र भारतको चर्चित भारतीय कलाकार रितेश पाण्डेय, पवन सिंह, राजा भोजपुरिया लगायत राष्ट्रिय कलाकारले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुती हुने आयोजकले बताएको छ । महोत्सवमा १ लाख दर्शक भित्राइने र १ करोड बराबरको कारोवार हुने लक्ष्य सहितको तयारी गरिएको संयोजक रानाले बताए । महोत्सव उद्धघाटन दिन गैडहवातालको प्रचार प्रसारको लागि बिभिन्न संघ संस्था, विद्यालय, आमा समूह, क्लव तथा टोल बिकास संस्थाहरुबाट बिबिध सांस्कृतिक झांकी सहित ¥याली गरि महोत्सवलाई भब्य रुपमा उद्धघाटन गरिने गैडहवा गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले बताए ।