ताजा अपडेट »

विश्व क्रिकेट लिग-२ : नेपालको जित, सन्दीपले लिए ६ विकेट

बुधबार, २९ माघ २०७६

माघ २९,

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरम ३५ रनमा अलआउट गरेको थियो ।

अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो । तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्द नेपाललाई जित दिलाए । पारसले अविजित १५ दीपेन्द्रले अविजित १५ रन बनाए । अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए ।