माघ २९,
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको चौथो खेलमा अमेरिका ३५ रनमै अलआउट भएको छ । त्रिवि मैदानमा भइरहेको खेलमा अमेरिकाले ११ ओभरको खेल चलिरहँदा १० विकेट गुमाएको छ । नेपालका लागि सन्दिप लामिछानले ६ र सुसन भारीले ४ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाका लागि जाभियर मार्शलले सर्वाधिक १६ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सफल भएनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।
प्रतिक्रिया