ताजा अपडेट »

तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा अन्तर वडा कप फुटबल प्रतियोगिता हुने

बुधबार, २९ माघ २०७६

माघ २९,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको तिलोत्तमा–१ चपरहत्तीमा बिहिबारदेखि तिलोत्तमा अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा तिलोत्तमाका १७ वटै वडाबाट सहभागिता रहने भएको हो ।

नक आउटका आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल आगामी फागुन १० गते हुने छ । हरेक दिन दुई वटा खेल हुने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिए । दक्ष खेलाडी उत्पादन गर्दै रुपन्देहीलाई खेलकूदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने उनले बताए । प्रतियोगिता आयोजनाका लागि ३ लाख बढी खर्च अनुमान गरिएको छ भने खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा फागुन १ गते भोली वडा नम्बर २ र १३ का बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा बिजेता समुहले नगद ३० हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने एकेडेमीका महासचिव युवराज पराजुलीले बताए । यसैगरी उप–विजेताले नगद १५ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने एकेडेमीका सदस्य घनश्याम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि प्रत्येक समुहलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको छ । वि.स.२०७५ सालमा स्थापना भएको यस एकेडेमीले निकट भविष्यमै विद्यार्थीहरुका लागि नियमीत प्रशिक्षणको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष नेपालीले बताए ।