माघ २८,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्याकेजमा पर्यटन विकासको काम गर्नुपर्ने संस्कारको विकास हुन आवश्यक रहेको बताएका छन् । एक आपसमा मिलेर सबै क्षेत्रका संघ–संस्था तथा स्थानीय निकायहरु बीचको सहकार्यले पर्यटन विकासँगै आर्थिक विकासमा सहयोग पुग्ने उल्लेख गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा–१ शंकरनगरमा अवस्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ९ औं वार्षिक साधारण सभा तथा तस्रो अधिवेशलाई सम्बोधन गर्दै मन्त्री गिरीले युवाहरुलाई सामुहिक रुपमा स्वदेशमै लगानी गरी स्वरोजगार तथा रोजगारीको अवसर सिर्जना गर्नेतर्फ लाग्न आग्रह गरे । स्थानीय उत्पादनलाई विक्रि हुने वातावरण सिर्जना गर्नका लागि परम्परागत सँस्कृतिहरुको संरक्षण गर्दै होम स्टे तथा होटल व्यवसायको विकास गर्न सके पर्यटन विकासको क्षेत्रमा प्रसस्त सम्भावना रहेको उनले बताए । शंकर नगर वनबाटीमा हुने भौतिक संरचनाहरुको विकासका लागि सबैले मिलेर जान आवश्यक रहेको बताउँदै उनले त्यस क्षेत्रमा थप लगानीका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले वनवाटिका क्षेत्र भित्र पनि नगरले लिएको शून्य पोलिथिन अभियानलाई सफल पार्ने गरी अगाडी बढ्न आग्रह गरे । वनबाटिका पार्कलाई थप व्यस्थित र शुन्दर बनाउनका लागि उचित पार्किङको व्यवस्था तथा धुलो मुक्त बनाउन आग्रह गर्दै उनले त्यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको अध्यक्षमा बेल प्रसाद शर्मा र्निविरोध रुपमा निर्वाचित भएको छन् । जसको उपाध्यक्षमा खेमलाल पाण्डे, कोषाध्यक्षमा मनिराम भट्टराई र सचिवमा पर्शुराम भण्डारी चयन भएका छन् । सदस्यहरुमा कमला पाण्डे, सरस्वती बराल, किरण खरेल, दिपेश कंडेल, बाबुराम ज्ञवाली, सरस्वती न्यौपाने र बाला कुवंर चयन भएका छन् । भने लेखा समितिको संयोजकमा प्रदिप पराजुली र्निविरोध रुपमा चयन भएका छन् ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको समितिमा नेकपा र कांगे्रसले भागबडाका गरेका छन् । जस अनुसार नेकपाबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र २ सदस्य, नेपाली कांग्रेसबाट सचिव, लेखा समिति संयोजक र २ सदस्य तथा जनमुक्ति पार्टीबाट सह सचिव, र २ सदस्य रहने गरी नयाँ नेतृत्व चयन भएको हो ।
प्रतिक्रिया