ताजा अपडेट »

बलिउडमा डेब्यू गर्दै रिस्ता

मंगलबार, २८ माघ २०७६

माघ २८,

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत बलिउडमा डेब्यू गर्ने भएकी छन् । उनी म्युजिक भिडियोमार्फत बलिउड डेब्यु गर्न लागेकी हुन् ।

भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको एक गीतको म्युजिक भिडियोमा उनी अनुबन्धित भएकी छन् । उनले उक्त भिडियोमा टिकटक स्टार चर्चित मन्जुल कट्टरसँग रोमान्स गर्नेछिन् ।

बलिउड म्युजिक भिडियो अभिनय बिषयमा अभिनेत्री बस्नेतले सामाजिक सञ्जालमा एक स्टाटस सेयर गर्दै जानकारी दिएकी छन् । उक्त स्टाटसमा उनले नेहाको गीतमा काम गर्न पाएकोमा खुसी समेत ब्यक्त गरेकी छन् ।