ताजा अपडेट »

लुम्बिनी शिक्षालयमा खेल सप्ताहः ५ हजार मिटर दौड सम्पन्न

सोमबार, २७ माघ २०७६

माघ २७,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल–९, कालिकानगरस्थित लुम्बिनी शिक्षालयमा जारी खेल सप्ताह अन्तरगत सोमबार ५ हजार मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ कक्षा ९ का सिर्जन नेपाली र छात्रातर्फ कक्षा ८ की बुद्धिकला राना प्रथम हुन सफल भएको विद्यालयका सहप्राचार्य सतिष गैरेले जानकारी दिए । विद्यालयदेखि योगिकुटी चोकहुँदै पुन विद्यालयसम्म भएको म्याराथुन प्रतियोगितामा छात्रतर्फ कक्षा ९ का सुजन सारु द्वितीय तथा निसान सारु मगर तृतीय भएका छन् भने छात्रातर्फ कक्षा १० मा अध्ययनरत सनम परियार र बविता तिवारी क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

आईतबारदेखि सुरु खेलसप्ताह अन्तरगत दौड प्रतियोगितामा छात्र तथा छात्रातर्फ प्रथम हुने विद्यार्थीले नगद पाँच/पाँच हजार सहित ट्रफी र प्रमाणपत्र पाप्त गर्ने छन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार र एक हजार पाँच सय नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने विद्यायका प्राचार्य पुस्कर थापा क्षेत्रीले बताए । आगामी माघ २९ गतेसम्म सञ्चालन हुने सप्ताह अन्तरगत सोमबार सेक रेस, क्यारेम बोर्ड, रिले दौड, इन आउट लगाएतका १० बढी प्रतियोगिताहरु सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

‘स्पोर्ट फर हेल्दी बोडी एण्ड कम्पिटिटिभ माइन्ड’- भन्ने मूल नाराका साथ मन्टेश्वरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु सम्मिलित खेल सप्ताहमा सिनियर र जुनियर गरी छुट्टा-छुट्टै विधाबाट प्रतियोगिता गराइने सह-प्राचार्य गैरेले जानकारी दिए । सप्तह अन्तरगत सय बढी खेलहरुमा प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ ।