प्रणय दिवस अर्थात् भ्यालेनटाइन डे आउन
अझै चार दिन आउन बाँकी छ । भ्यालेनटाइन वीकको आज चौथो दिन ‘टेड्डी डे’
अर्थात ‘भालु आकृतिको खेलौना’ एक आपसमा आदान प्रदान गरेर विश्वभरका युवा
युवतीहरुले मनाउँदै छन् ।
उक्त खेलौना दिएर मनाइने हुदाँ यो दिन
‘टेड्डी डे’ का रुपमा परिचित छ । यो दिनमा तपाईले आफ्नो मन र मायाको अवस्था
अनुसार टेड्डी अर्थात भालुको आकृती खेलौना आफ्नो प्रेमि-प्रेमिकालाई
प्रदान गर्नसक्नु हुनेछ । ‘टेड्डी डे’ सामाजिक सञ्जालमा पनि छाएको छ ।
आफ्नो प्रेमि-प्रेमिकालाई कस्तो टेडी उपहार दिने त ?
१. निलो टेड्डि — ‘गहिरो माया–प्रेम’
यदि
तपाईँको एक आपसमा गहिरो प्रेम छ भने निलो रङ्गको टेड्डी उपहार दिँदा उत्म
हुनेछ । आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो
रङ्गको टेड्डी उपहार दिन भनिएको हो ।
२. ग्रीन टेड्डी – ‘म सधै कुरिरहने छु’
ग्रीन
कलरको टेड्डीले ‘तिम्रालागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ । हरियो रङ्ग
सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ
।
३. रेड टेड्डी – ‘तपाईँको प्रेम बारे सबै जानकार छन्’
लामो
समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवार सबै जानकार छन् भने
रातो टेड्डी उपहार दिनसक्नुहुनेछ । रातो कलरको संकेत आगो र रगतसंग हुने
हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो ।
४. कालो टेड्डी – ‘लभ इज रिजेक्टेड’
यदि तपाईँलाई प्रपोज गर्न मान्छे मन परेको छैन भने अस्विकार पनि गर्न सक्नुहुनेछ , ‘ब्ल्याक टेड्डी ’ मार्फत ।
५. सेतो टेड्डि – ‘अल रेडी बुक’
सेतो
कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ । त्यसैले सिधा कुरा
गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन् । साथै पहिल्यै प्रेममा
रहेकाले पनियो टेड्डी प्रयोग गर्ने चलन छ ।
६. सुन्ताला कलरको टेड्डी – ‘प्रपोज कुर्दै’
सुन्तला
कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत
गर्छ । यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि
तपाइँलाई उसले प्रपोज कुरिरहेको छ । अथवा, तपाईँलाई प्रपोजको उत्तम समय
कुरिरहेको छ ।
७. पिन्क टेड्डि – ‘प्रस्ताव स्वृकार’
गुलाबी
कलरको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो । यो उपहर
पाउनु भो भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै तपाईको
प्रस्तावलाई स्विकार गरेको ठहर हुनेछ ।
८. पर्पल टेड्डी – ‘छिटै तपाइँसगँ जोडिने’
तत्काल स्वृकार नगरेको तर छिट्टै स्वृकार गर्ने अवस्थामा यो टेड्डी प्रदान गर्न सकिन्छ । पर्पलमा रोतो र निलो रङगको सामुहिक समिश्रण पर्पल हो । यस कलरले दिगो, शक्तिशाली र आरामदायी मायाको संकेत गर्छ । तपाईँलाई यो टेड्डि प्राप्त हुदाँ थाहा पाउनुस् कि छिटै तपाइँसंग जोडिनेछन् ।
९. पहेँलो टेड्डि – ‘ब्रेक अप’
पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलोप्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो ।
१०. ब्राउन टेड्डि – ‘हार्ट ब्रोकन’
तपाईँको कुराले कसैको चित्त दुखेको छ भने यो उपहार दिने चलन छ । -जनतापाटीबाट
प्रतिक्रिया