ताजा अपडेट »

बुटवल उपमहानगरद्वारा सुत्केरीलाई भत्तासँगै पोषण

आइतबार, २६ माघ २०७६

माघ २६,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले स्वास्थ संस्थामा सुत्केरी हुन आएका महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गरेको छ । उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरले सुत्केरी महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही क्रममा आइतबार बुटवल १४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिन् । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आइतबार संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो । सो अवसरमा उपप्रमुख आचार्यले शिसु र आमा दुबैको स्वस्थ्य तथा पोषणलाई संवेदनशील मानेर बुटवलले सुत्केरी एवम् गर्भवती भेटघाट कार्यक्रम सुरु गरिएको बताइन् ।

वडाअध्यक्ष दधिराम न्यौपानेले वडामा ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ चेकजाँचदेखि सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको बताए । स्वास्थ तथा जनसंख्या महाशाखाका गीता पाण्डे तथा स्वास्थ चौकीका राजन गिरी लगाएतले नियमित स्वास्थ्य सेवा लिन आउने गरि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको बताए ।