ताजा अपडेट »

रुपन्देहीका एक लाखबढी बालबालिकालाई दादुराविरुद्ध खोप

आइतबार, २६ माघ २०७६

माघ २६,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीमा ५ वर्ष मूनिका बालबालीकाहरुलाई तीन चरणमा अभियान सञ्चालन गरि दादुरा रुपवेता तथा पोलि विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आगामी फागुन १ गतेदेखि ९ गतेसम्म पहिलो, फागुन १३ देखि १७ गतेसम्म दोस्रो तथा १६ देखि फागुन २४ गतेसम्म तेस्रो गरी ३ चरणमा खोप अभियान सञ्चालन गरिने भएको हो । जिल्लामा रहेका १ लाख ३० हजार ३ सय ९८ बालबालिकालाई पोलियो विरुद्धको खोप दिइने छ भने १ लाख ९ हजार ७ सय ९९ बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र कुमार गिरीले जानकारी गराए ।

आईतबार तिलोत्तमा नगरापलिकामा आयोजित राष्ट्रिय दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै गिरीले जिल्लाका ८ सय १४ खोप केन्द्रहरुबाट दादुरा रुबेला तथा पोलियो विरुद्धको खोप दिइने बताए । पहिलो चरणमा बुटवल उपमहानगरपालिका सहित ७ वटा स्थानीय निकायमा सञ्चालन गरिने अभियान दोस्रो चरणमा सिद्धार्थ नगरपालिकामा मात्रै सञ्चालन गरिने छ भने बाँकी रहेका ८ स्थानीय निकायमा तेस्रो चरणमा खोप अभियान सञ्चालन गरिने भएको हो । अभियानमा सबै बालबालिकाहरुलाई सहभागी गराउनका लागि प्रचार–प्रसार तथा सहजीकरणका लागि सरकारले सबै स्थानीय निकायहरुलाई जिम्मेवारी दिएको छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लामा ९ सय २ जना स्वास्थ्यकर्मी तथा १ हजार ६ सय २ जना स्वयम्सेवक परिचालित हुने छन् । अभियान सञ्चालनका लागि जिल्लाका १२ स्थानमा एईएफआई टिम, ७९ जना स्थानीय निरिक्षक, १० जना जिल्ला स्तरिय निरिक्षक तथा ३२ जना स्थानीय निकाय स्तरका निरिक्षक रहने छन् ।