फागुन २,
तिलोत्तमा । रोटरी क्लब अफ रुपन्देही तथा रोट्याक्ट क्लव अफ रुपन्देहीद्वारा सयुक्त रुपमा तिलोत्तमा न.पा अन्तर्गत वडा नं.-११ स्थित विश्व एकता एकेडमी, मद्रहानीमा साउथ कोरियाको Wonkwang University Hospitalको प्राविधिक सहयोग र Iksan Mahan Rotary South Korea को सहकार्यमा ३ दिने निशुुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविरमा पूर्विय चिकित्सा, मेडिकल, प्रसुती, आँखा उपचार,दन्त उपचार, हाडजोर्नी नसा तथा अन्य रोगसँग सम्बन्धित निःशुल्क स्वास्थ्य सेवा उपल्ब्ध हुनेछ । । उक्त शिविरमा शिक्षक,बिद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिने क्लवले जनाएको छ ।
रोटरी क्लव तथा विश्व एकता एकेडमीले केही वर्षदेखि निःशुल्क कोरियाको अस्पतालका प्राविधिकहरुको सहयोगमा शिविर सञ्चालन गर्दै आइरहेको र आगामी वर्षमा पनि यसलाई निरन्तरता दिइने विद्यालयका प्राचार्य अरुण पौडेलले जानकारी दिए ।
बिहिवारदेखि ३ दिनसम्म शिविर सञ्चालन हुने रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष हरिप्रसाद न्यौपानेले बताए । रोट्याक्ट क्लव अफ रुपन्देहीका अध्यक्ष सुरेश भण्डारी लगायत रोटरी र रोट्याक्टका सदस्यहरुको समेत उपस्थिति रहेको उक्त शिविरको ५ गते शनिवार एक कार्यक्रम बीच समापन हुनेछ ।
प्रतिक्रिया