माघ २६,
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानसँग खेलिरहेको नेपालको दोस्रो विकेट गुमेको छ । ३४ बल खेलेका पारसले ६ चौका र एक छक्काको मद्दतमा ३८ रन बनाए । पारस खड्का ३८ रनमा आउट भएका हुन् । यसअघि सुवास खकुरेल २२ रनमा आउट भएका थिए । २४ औं ओभरको खेल चल्दै गर्दा नेपालले २ विकेट गुमाएर १ सय ७ रन बनाएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी छन् ।
प्रतिक्रिया