ताजा अपडेट »

राष्ट्रिय खेलाडी कोपिला उप्रेतीद्वारा अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास

आइतबार, २६ माघ २०७६

माघ २६,

काठमाडौं । नेपाली महिला भलिबलकी राष्ट्रिय खेलाडी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिएकी छन् । उनले नेपाल भलिबल संघ (एनभीए)को अवार्ड कार्यक्रममा खेलबाट सन्यासको घोषणा गरेकी हुन् ।

नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली खेलकुद (साग)को १० आठौँ र १२औँ संस्करणमा नेपालले कास्य पदक जित्दा कोपिला टोलीको सदस्य रहेकी थिइन् । नेपालमा सम्पन्न १३औँ सागमा उनि भलिबल टोलीमा थिइन् । झण्डै डेढ दशक नेपाली टोलीबाट भलिबल खेलेकी कोपिलाले घरेलु भलिबल प्रतियोगिता भने खेल्ने बताइन् । उनलाई भलिबल संघले हिजो ५० हजार नगदसहित सम्मान गरेको छ ।