ताजा अपडेट »

अमेरिकामाथि नेपालको शानदार जित

शनिबार, २५ माघ २०७६

माघ २५,

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले ३५ रनको शानदार जित हात पारेको छ । शनिबार त्रिवि मैदानमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा अलआउट हुँदै १५५ रनमै समेटिएको हो ।योसँगै घरेलु मैदानमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  यसअघि घरेलु मैदानमा भएको खेलमा नेपाल ओमान सँग १८ रनले पराजित भएको थियो ।