माघ २५,
काठमाडौं । एकदिवसीय क्रिकेटमा डेव्यु गरेका कुशल मल्लले नेपाललाई सातौं सफलता दिलाएका छन् । उनले एल्मोर हुचिन्सनलाई ३ रनमा बोल्ड गरे । मल्लले ६ ओभर बलिङ गर्दै १ मेडनका साथमा १० रन खर्चदै १ विकेट लिएका छन् । यसअघि सन्दिप लामिछानेले एरोन जोन्सलाई ५ र मोनाक पटेललाई ४ रनमा एलबीडब्लु आउट गरेका थिए। त्यसैगरी करन केसीले ओपनर जेभियल मार्सललाई २ र स्टेभेन टेलरलाई शुन्य रनमा क्याच आउट गराएका थिए । सुसन भारीले अक्षय होमराजलाई ५ र करिमा गोरेलाई १० रनमा क्याच आउट गराएका थिए । २५ ओभरसम्मको खेल सकिदा अमेरिकाले ७ विकेटको क्षतिमा ७५ रन बनाएको छ । अहिले क्रिजमा इयान होल्यान्ड ३३ र क्यामरन स्टिभ्सन ३ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया