ताजा अपडेट »

डेब्यू खेलमै कुशलकाे विश्व कीर्तिमान

शनिबार, २५ माघ २०७६

माघ २५,

काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यू गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् । उनले नेपाली खेलाडी रोहितकुमार पौडेलको किर्तिमानी तोडेका हुन् ।

उनले डेब्यू खेलमा नै अमेरिकाविरुद्ध अर्धशतक हानेका हुन् । त्रिवि मैदानमा जारी खेलमा उनले ५१ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रन जोडेर आउट भए ।