ताजा अपडेट »

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

शनिबार, २५ माघ २०७६

माघ २५,

सुर्खेत । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।शनिबार बिहानै लगातार २ पटक भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिष्टेन्ट चन्दा शाहकाअनुसार बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा भूकम्प गएको थियो। उनले बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केल र दोस्रो पटक भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिइन्। भूकम्पबाट कुनै पनि क्षति भएको छैन्। बैतडी, दार्चुला, बझाङ, अछाम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पबाट कुनै पनि क्षति भएको छैन्।