ताजा अपडेट »

अनार खानुहोस्, बोक्रा नफ्याँक्नुहोस्

शुक्रबार, २४ माघ २०७६

अनारका दाना हाम्रा लागि जति फाइदाजनक हुन्छ त्यति नै फाइदाकारक हुन्छ त्यसका बोक्रा । अनारको बोक्रालाई सुकाएर पाउडर बनाएर वा त्यसलाई पिसेर त्यसको रस बनाएर उपयोग गर्न सकिन्छ । यसका थुप्रै फाइदाहरु बारे जनि राख्नुहोस्-

१. हृदय रोगबाट बचाउँछ

अनारको बोक्रामा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले हृदयको रोगबाट टाढा रहन मद्दत् गर्छ । साथै यसले कोलेस्ट्रोललाई सन्तुलित पार्न पनि मद्दत गर्छ । १ चम्चा अनारको बोक्राको पाउडर तातो पानीमा मिसाएर दैनिक पिउने गरियो भने यसले तपाईको शरीरलाई धेरै फाइदा गराउँछ ।

२. हड्डीलाई बलियो बनाउँछ

यदि तपाईको हड्डी कमजोर भएर समस्या देखापरेको छ भने अनारको बोक्राले तपाईको समस्या पक्कै पनि कम गर्नेछ । यसमा हुने एन्टीब्याक्टेरियल गुणका कारण यसलाई पानीमा मिसाएर सुत्नु अघि पिउँदा निकै राम्रो हुन्छ ।

३. घाँटीको दुखाई

यदि तपाईलाई टन्सिल भएको छ वा घाँटीमा समस्या देखा परेको छ भने अनारको बोक्रा तपाईका लगि निकै प्रभावकारी सावित हुन सक्छ । त्यसका लागि यसको पाउडरलाई पानीमा उमालेर पछि छानेर खाएमा यसले तपाईको दुखाइ कम गर्न धेरै मद्दत गर्छ ।-साझापोष्ट