ताजा अपडेट »

रुपन्देहीमा खुल्ला लन टेनिस प्रतीयोगीता हुदैँ

शुक्रबार, २४ माघ २०७६

माघ २४,

ग्लोबल आवाज

बुटवल । आउँदो फागुुन ५ गतेदेखि ९ गतेसम्म रुपन्देहीमा खुुल्ला लन टेनिस प्रतीयोगीता हुुने भएको छ । विगत लामो समयदेखि राष्ट्रिय स्तरका लन टेनीस प्रतियोगिता गर्दे आएको रुपन्देही लन टेनिसले खेलाडी उत्पादन आपसी भाईचाराका साथै पर्यटन बिकासमा समेत जोड दिने पत्रकार सम्मेलनमा अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले जानकारी दिए । विभिन्न ८ विधाहरुमा खेल सञ्चालन हुने उनले बताए ।

पुरुष एकल, महिला एकल, पुरुष ३५ माथि, पुरुष ४५ माथि, पुरुष ५५ माथि र डबल तर्फ पुरुष डबल, पुरुष ३५ माथि र पुरुष ४५ माथिका खेल हुुनेछ । बिजेता खेलाडीहरुलाई एकल पुरुषतर्फ प्रथम पुरस्कार ५५ हजार द्धितीय २५ हजार र तृतीय १० हजार सहीत कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला एकल तर्फ प्रथम पुरस्कार ३० हजार द्धितीय १५ हजार तृतीय १० हजार सहित कप मेडल र प्रमाणपत्र, पुरुष ३५ माथिका लागी प्रथम पुस्कार ३० हजार द्धितीय १५ हजार, तृतीय १० हजार कप मेडल र प्रमाणपत्र, पुरुष ४५ माथिका लागी प्रथम पुरस्कार २५ हजार र द्धितीयलाई १५ हजार सहित कप, मेडल र प्रमाणपत्र, पुुरुष डबलमा प्रथम पुरस्कार २० हजार द्धितीय १० हजार सहीत कप मेडल र प्रमाणपत्र, पुरुष ३५ माथिका लागी प्रथम पुरस्कार २० हजार र द्धितीय १० हजार कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष ४५ माथिका लागी प्रथम पुरस्कार २० हजार र द्धितीयका लागी १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसरी पुरस्कार सहित नगद १७ लाख प्रतियोगिता सञ्चालनका लागी खर्च लाग्ने सचिव गोपाल ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा बिभागीय टोली नेपाली सेना, ससस्त्र प्रहरी सहित १ सय बढी खेलाडी सहभागीता रहने र खेलका साथै लुम्बिनीको प्रचार गर्दै पर्यटन बिकासमा टेवा पुर्याउने उद्धेस्य रहेको समेत लन टेनीसका केन्द्रीय सदस्य अशोक गुरुङ्गले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्नका लागी बुटवल उपमहानगरपालीकाले १ लाख हरेक वर्ष उपलब्ध गराएपनि बाँकी रकम भने निजी क्षेत्रको सहयोगबाट सञ्चालन गरिने रुपन्देही लन टेनिसले जानकारी गराएको छ ।