माघ २३,
काठमाडौं । नेपाली चलचित्र प्रेमगीत ३ को पहिलो गीत ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्र भने यही चैत्र २८ गते प्रदर्शनको तयारीमा रहेको छ ।
सागर आले र मेलिना राईको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको शब्द चयन भने हर्क साउदको रहेको छ । बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रको यस म्युजिक भिडियोमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन् । उक्त भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । मनाङमा छायांकन गरिएको गीतको भिडियोमा प्रदीप र क्रिष्टिना फरक अवतारमा देखिएका छन् ।
चलचित्रमा प्रदीप र क्रिष्टिनाको अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्घि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया