ताजा अपडेट »

तामनगर खानेपानीको साधारण सभा

विहीबार, २३ कार्तिक २०८०
1 Shares

बुटवल । बुटवल १२ स्थित तामनगर राजपुर खानेपानी तथा सरसफाई संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘खानेपानीको सुद्धता आजको आवश्यक्ता, मुहानदेखि घरसम्म स्वच्छ पानीको प्रतिबद्धता’– भन्ने मूल नाराका साथ २०६४ सालमा स्थापना भएको सो खानेपानी संस्थामा १२ सय भन्दा बढी घरधुरी उपभोक्ता रहेका छन ।

गत आवमा कुल ७४ लाख ६४ हजार ८ सय १० रुपैया बराबरको आर्थिक कारोबार गरेको सो खानेपानी संस्थाको साधारण सभामा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले मानव जिवनमा खानेपानीको महत्व उच्च रहेको बताए । बुटवलका पुर्व नगरप्रमुख तथा प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका प्रदेश सांसद श्रेष्ठले खानेपानीको बिकासमा तिनै तहका सरकार र स्थानीय समुदायको भुमिका महत्वपूर्ण हुने चर्चा गरेका छन् ।

संस्थाका अध्यक्ष जीतबहादुर राहाडीको सभापतित्वमा सम्पन्न सो सभामा खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, पुर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदी, खानेपानी महासंघका केन्द्रिय सदस्य सावित्रा रेग्मी, प्रदेश महासचिव शालिकराम भण्डारी, जिल्ला अध्यक्ष धु्रवकुमार धिताल, नगर अध्यक्ष भिमप्रसाद न्यौपाने लगाएतले खानेपानीको आवश्यक्ता, यसको महत्व र सुद्धताबारे चर्चा गरेका थिए ।