गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले यहाँ एक नागरिकलाई मंगलबार पहिलो गैर गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ भिमचोकका भिष्म मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसिले जिल्लामा पहिलो गैर आवसिय नेपाली नागरिकता प्रदान गरेका हुन।
बिगत २० वर्षदेखि अमेरिकामा बस्दै त्यहाँको नागरिकता लिएका मरासिनीले यहि कार्तिक १७ गते स्वदेशको नागरिकता त्यागेर गैर आवसिय नेपाली नागारिकता मंगलबार प्राप्त गरे पछि खुशि प्रकट गरे । बाबु भिमलाल मरासिनी र आमा एककलाका छोरा मरासिनीले यसपालीको दशै २० वर्ष पछि मनाउन घर आएको र तिहार पनि २० वर्ष पछि नै स्वदेशमा मनाउन लागेको बताए ।
मरासिनीको बुढो घर उपल्लो तम्घास हो । मरासिनी परिबार जिल्लाको पहिलो विद्युत उत्पादन गर्ने उद्यमी हुन्। २०४२ सालमा यो परिवारले ओख्रेनिखोलाको मुहानबाट लघु जलविद्युत उत्पादन गरि पहिलो पट्क तम्घासलाई टुकि बत्ति बिस्थापित गरि विद्युतको उज्यालो दिएका थिए । अमेरिकामा बसे पनि पुन कुनै न कुनै उद्योग स्वदेशमा गर्ने उद्देश्यलाई गैर आवसिय नेपाली नागरिकता आवश्यकता पर्ने भएकोले मरासिनीले यस्तो नागरिकता लिएको बताए ।
सेवाग्राहीको भिडले साँझ अबेरसम्म काम गर्दै कर्मचारी
मरासिनी जस्तै दशैँ तिहार मान्न घर घर आएको बेला नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरु भिड बढे पछि जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय समयका अलवा अतिरिक्तसम्म पनि सेवा प्रबाह गरिरहेको छ। बिहानदेखि साँझ अबेरसम्म प्रशासनका कर्मचारी खटेको देखिन्छ । असोज महिनाको तुलनामा कार्तिक १ गते देखि २२ गते सम्म सेवाग्राहीको सख्या झण्डै दोब्बर देखिएको छ ।
कार्तिक महिनाभर नयाँ नागरिकता ४३० वटा वितरण गरेकोमा कार्तिक १ देखि २२ गतेसम्म ९८० वटा वितरण गरिएको छ । अघिल्लो महिना नागरिकताको प्रतिलिपी ४०२ वटा वितरण गरिएकोमा पछिल्लो २२ दिनमा ३२३ वटा वितरण गरिएको छ।गत महिना राष्ट्रिय परिचयपत्र ९९८ वटा वितरण गरिएकोमा पछिल्लो २२ दिनमा १२६८ वटा वितरण गरिएको छ। गत महिना राहदानी ९८२ वटा वितरण सिफारिस गरिएकोमा पछिल्लो २२ दिनमा ७८८ वटा वितरण गरिएको छ । केहि वर्ष अघिसम्म राहदानी लिने महिलाको संख्या न्यून हुन्थ्यो तर पछिल्लो समय राहदानी लिने पुरुष र महिलाको संख्या झण्डै बराबरिको चरणमा पुगेको देखिन्छ। पछिल्लो २२ दिनमा ४८८ जना पुरुषले राहदानी लिएका थिए भने महिला ३ सय जनाले राहदानी लिएका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।
सेवाग्राहीलाई भेदभाव र ढिलासुस्ती नहोस भन्ने हेतुले गुल्मी जिल्ला प्रशासनले टोकन सिष्टम लागु गरेको छ। यति बेल सेवाग्राहीको चाप बढेपछि भोलिका लागि आजै टोक्न लिनु पर्ने अवस्था आएको र आफुहरु राति ९ बजेसम्म बसेर सेवा प्रबाह गर्ने गरेको गैरे बताउँछ्न । काममा सघाउन प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी फाँटमै आएर काम गरेको देखिन्छ। गणतन्त्र न आउनु अघिको प्रशासन र गणतन्त्र पछिको प्रशासन आकाश जमिनको फरक आउन थालेको छ।
उति बेला पहुँचका भरमा छिटो काम लिने एकथरी हुन्थे भने अर्कोथरि कुरिरहनु पर्ने सास्तिमा हुन्थे । उतिबेला पहुँच हुनेको नमिल्ने काम पनि मिल्थ्यो अहिले नियमसंगत मिल्ने भए सबैको मिल्छ, नमिल्ने भए कसैको मिल्दैन भन्ने उदाहरण दिन गुल्मी जिल्ला प्रशासन जुटेको छ भन्ने महसुश हुन थालेको नागरिक समाजका अगुवाहरु बताउँछ्न्।
प्रतिक्रिया