ताजा अपडेट »

जाजरकोटमा भूकम्पको निरन्तर परकम्प

बुधबार, २२ कार्तिक २०८०
2 Shares

काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।

मंगलबार राति १०:३० बजे जाजरकोटको पैंङ्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति गएको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । 

भूकम्प मापन केन्द्रका अनुसार मङ्गलबारसम्म झन्डै साढे चारसय परकम्प मापन गरिएको छ ।