हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी मृत फेला परेका छन्।
उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया