ताजा अपडेट »

बुटवलमा लुम्बिनी प्रदेश भौतिक बिकास मन्त्रालयको आयोजनामा फोटो प्रदर्शनी

सोमबार, २० कार्तिक २०८०
2 Shares

बुटवल । बुटवलमा लुम्बिनी प्रदेश भौतिक बिकास मन्त्रालयको आयोजनामा फोटो प्रदर्शनी सम्पन्न भएको छ। लुम्बिनी प्रदेश भौतिक बिकास मन्त्रालय सचीव सुनिल पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सरकार भौतिक बिकासमन्त्री धर्म बहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरिले दुइ स्थान जोडनको लागि पहिले तुइनको प्रयोग जोखिमपूर्ण रहेको तर तुइन बिस्थापन भई झोलुङ्गे पुल निर्माणले जोखिम कम भएको बताए ।

उनले ब्यापार ब्यबसाय , आन्तरिक तथा बाहय पर्यटनमा वृद्धि तथा देशको सुन्दरता भौगोलिक बनावटसंँगै जनताको आय आर्जनमा वृद्धिसँगै झलुङ्गे पुलले समय बचत गर्ने बताए । यातायात पुर्बाधार निर्देशनालय बुटबलका निर्देशक भिमार्जुन पान्डेले नेपालमा दश हजारभन्दा धेरै पुल निर्माण भई प्रयोगमा आएको र लुम्बिनी प्रदेशमा मात्रै १३सय भन्दा बढी झोलुङ्गे पुल प्रभावकारि रहेको बताए ।

पुरानो प्रविधिलाई विस्थापन गर्दै अहिले स्विस सरकारको सहयोगमा पर्यटनको हिसाबले समय सापेक्ष ठुला र लामा झोलुंगे पुल निर्माण गरिएको बताए। बार्षिक ७/८ सय झलुङे पुलको माग हुने गरेको बताउँदै उनले ठुला र लामा समय र जनताको जनजिबन सहज भएकोो उल्लेख गरे ।