बुटवल । रुपन्देहीको तिलोत्तमामा बाल समूह/सञ्जालका बालबालिकाको लागि क्षमता अभिवृद्धि उद्घोषण तालिम तथा माइन्योट लेखनज सम्बन्धी तालिम सुरु भएको छ । तालिम वडा बालमैत्री समिति तथा वडा वाल संजाल ६ को आयोजनामा सोमबारदेखि सुरु भएको हो ।
५ दिनसम्म चल्ने सो तालिममा बाल संजालमा आवद्ध ४५ जना बालबालिकाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले बालबालिकाहरुलाई संस्कार सानैदेखि सिकाउनु पर्ने बताए । तालिकको प्रशिक्षण पत्रकार सन्जु पौडेलले दिने छिन् ।यस्तै मंगलबार र शुक्रबार निशुल्क नागरिक आरोग्यको शुभारम्भ पनि नगरप्रमुख खाँणले सोमबार नै गरेका छन् ।
प्रतिक्रिया