गुल्मी । गुल्मीमा गएराती एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गुल्मीदरबार गाउँपालिका–७ देउराली चारपाला फेदीको टोप बहादुर बस्नेतको घरमा रहेको किराना पसलमा आगलागी भएको हो ।
टिनले छाएको २ तले कच्ची किराना पसल राखेको घरमा आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण पाण्डेले जानकारी दिए । स्थानीयका अनुसार आगलागीबाट १५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामानसहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाखको क्षति भएको छ ।
गएराती करिब साढे १२ बजेको समयमा लागेको उक्त आगो साढे तीन बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।
प्रतिक्रिया