बुटवल । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले सुरज खरेलको अध्यक्षतामा नायाँ नेतृत्व चयन गरको छ । ६९ सदस्यीय कमिटीको उपाध्यक्षमा सुरेश भण्डारी, सचिवमा सन्तोष ओली, सह सचिवमा भुपाल शर्मा र सुधा ज्ञवाली, कोषाध्यक्षमा डेन्जिङ रायमाझी निर्वाचित भएका छन् ।
प्रदेश कमिटीमा रुपन्देहीबाट सुनिल सेन ओली, ईश्वर न्यौपाने, कृष्ण मल्ल ठकुरी, सन्त कुमार श्रेष्ठ, ध्रुव खरेल चन्द्रकान्त, रोशन खड्का, सुभाष छेत्री, विष्णु गिरी, श्रीधर दर्लामी मगर, शर्मिला जिसी रहेका छन् । नवनिर्वाचित अध्यक्ष खरेलले संघलाई विगत भन्दा थप क्रियाशील बनाई जनरोकार, भ्रष्टाचार, बेथितिका मुद्दामा सरकारलाई खबरदारी गर्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई वहुमत दिलाउने गरी सशक्त भूमिका खेल्ने बताए । उनले संघलाई जनमैत्री युवा संगठन बनाउने बताए ।
प्रतिक्रिया