भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले भूकम्पका कारण विपदमा परेका नागरिकका लागि एक महिनाको सेवा सुबिधा दिने बताएका छन् । गाउँपालिकाको आईतवार बसेको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले विपदमा परेकाहरुको राहत तथा उद्धारमा सहयोग पुगोस भन्ने भावनाले एक महिनाको सेवा सुबिधा बराबरको राहत प्रदान गर्ने घोषणा गरेको बताए ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षती पुर्याएको थियो । त्यस्तै कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुले पाँच दिनको सेवा सुबिधा बराबरको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले बिपदमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह समेत गरेका छन् ।
उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खाता मार्फत भूकम्प पीडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । गाउँपालिकाको एनआईसि एसिया बैकमा रहेको खाता नम्बर ०९३२०५००१४९४१०२५ मा सहयोग गर्न चाहेको रकम जम्म गरी मानविय सेवामा लाग्न गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया