ताजा अपडेट »

रोहिणी गाउँपालिकाले भूकम्प प्रभावितलाई चारलाखको राहत सामग्री पठाउने

सोमबार, २० कार्तिक २०८०
1 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ । आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति प्रमुख कल्पना खनालले बताइन् ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्पपीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए ।

भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।