ताजा अपडेट »

भूकम्प प्रभावितलाई सहयोग गर्न इच्छुक तिलोत्तमावासीलाई नगरको राहत सामाग्री संचालन केन्द्रमा सम्पर्क आग्रह

आइतबार, १९ कार्तिक २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जिल्लामा राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थालाई नगरपालिकामा स्थापना गरिएको स्थानीय राहत सामाग्री संचालन केन्द्रमा सम्पर्क गरी राहत सामाग्री जम्मा गर्न अनुरोध गरेको छ ।

नगरप्रमुख रामकृष्ण खाणले आइतबार एक विज्ञप्ति जारी गरि जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा राहत सामाग्री वितरण गर्ने निर्णय भएकाले नगरपालिका मार्फतनै सामाग्री वितरण गर्नु गराउ अनुरोध गरेका हुन् । 'जिल्ला विपद् ब्यबस्थापन समिती, रुपन्देहीको निर्णय बमोजिम तिलोत्तमा नगरपालिकामा बसेको नगर स्तरीय विपद् ब्यबस्थापन समितिको बैठकले राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थालाई नगरपालिकामा स्थापना गरिएको स्थानीय राहत सामाग्री संचालन केन्द्रमा सम्पर्क गरी राहत सामाग्री जम्मा गर्न अनुरोध गर्ने र राहत सामाग्रीको प्रभावकारी वितरण तथा ब्यबस्थापनका लागि नगरपालिकाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा राहत सामाग्री वितरण गर्ने निर्णय भएकाले नगरपालिका मार्फतनै सामाग्री वितरण गर्नु गराउनुहुन अनुरोध गर्दछौ।'- विज्ञप्तिमा भनिएको छ ।
सहयोग गर्न इच्छुकले खाद्य पदार्थ जस्तै चिउरा, भुजा, दालमोठ, चाउचाउ, बिस्कुट, लत्ता कपडा तथा ओड्ने ओच्छाउने सामान सहयोग गर्न सक्ने छन् ।