ताजा अपडेट »

आपसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा

आइतबार, १९ कार्तिक २०८०
1 Shares

बुटवल । बुटवल उपमहानगरपालिका १० स्थित आपसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा सहकारी संघ तथा राष्ट्रिय सहकारी महासंघका सचांलक भिम प्रसाद तुलाचनले अहिले बजारमा प्रचार भएजस्तै सबै सहकारीलाई एकै नजरले हेर्न नहुने बताए । उनले केही सहकारीका कारण सबै सहकारीहरुको बदनाम भएकाले केही सहकारीले समाजमा धेरै राम्रो काम गरेको बताए ।

साथै असल नियतबाट संचालन भएका सहकारी सधै नागरिक र आफ्ना शेयर सदस्यप्रति उत्तरदायि हुने भएकाले स्थानीय स्तरबाट संचालनमा आएका सहकारी गरेको लगानी खेर नजाने दाबी गरे । अध्यक्ष छत्र वहादुर गुरुङले आफुले जिम्मेवारी लिएदेखि नै सहकारीको हितका लागि काम गरेको बताए । आफ्नो र सहकारीका सबै सदस्यहरुको सामुहिक प्रयासबाट सहकारीले सोचे जति प्रतिफल हासिल गर्न सकेको बताए ।

साथै आगमी दिनमा सहकारीलाई अझ प्रभावकारी रुपमा अघि बढाइने दाबी गरे । लेखा सुपरिवेक्षण समिति संयोजक भिमसेन थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने सल्लाहकार सचिव दिलिप कुमार सुनार, कोषाध्यक्ष बसन्ती गुरुङ्गले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बुटवल १० का जनप्रतिनिधि अध्यक्ष बल बहादुर पुन, सदस्य यमुना काउचा ,सयपत्री युवा क्लबक अध्यक्ष बिशाल काउचा ,टिकप्रसाद गुरुङ, धर्मराज पौडेलले, झपट बहादुर गुरुङ्ग लगायतले गरेका थिए ।

सचिव दिलिप कुमार सुनारको संचालनमा भएको साधारणसभामा ८ जना बृद्धाबृद्धहरु र उत्कृष्ट बचत कर्ता व्यवसायी गमदेबी छन्त्याल र बिस्नु देबी गुरुङलाई पनि सम्मान गरिएको थियो भने दुई जना जेहनदार विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।