ताजा अपडेट »

बुटवल फर्निचर संघको अध्यक्षमा तेजप्रसाद पराजुली, पत्रकार खनाल सम्मानित

आइतबार, १९ कार्तिक २०८०

बुटवल । बुटवल फर्निचर उद्योग संघको २३ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशन विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । अधिवेशनले तेज प्रसाद पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयनगरेकोगरेको छ ।

नव निर्वाचित अध्यक्ष पराजुलीले संस्थाको विगतका महत्त्वपूर्ण कामलाई निरन्तरता दिँदै सबैको भावना अनुसार मिलेर अगाडि बढ्ने बताए । उनले अहिलेको आर्थिक संकट, नीतिगत कठिनाई उद्योगी व्यवसायिहरुलाई संगठित गर्दै संस्थालाई बलियो बनाएर काम गर्ने पनि उनले वताए ।

अधिवेशनको उदघाटन गर्दै नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर क्षेत्रमा विदेसिएको फर्निचर आयात प्रकृयामा कडाई, कच्चापदार्थ को टेण्डरमा देखिएको समस्या समाधान आवश्यकरहेकोबताए । नेपाली फर्निचर प्रयोगमा जोडदिनुपर्ने बताए । उनले सरकारको फर्निचर नीति स्पष्ट नभएका कारणले पनि फर्निचर ब्यवसायि समस्यामा परेकोले यसक्षेत्रको समस्या मिलेर समाधान गर्न आवस्यक रहेको चर्चा गरे ।

बुटवल फर्निचर उद्योग संघका अध्यक्ष सावित्रा टण्डनले सस्थाको गतिविधि बारे जानकारी दिँदै स्वदेशी फर्निचरको प्रयोगमा जोडदिन सके यस क्षेत्रमा ठूलो संख्याले रोजगार पाउने बताईन । फर्निचर क्षेत्रमा देखिएको विदेशी फर्निचरको बढ्दो आयात, फिरन्ते कामदार तथा बन क्षेत्रका काठ कटानका सामुदायिक वनलेले भोग्दै आएका समस्या मिलेर समाधान गर्न आवश्यक रहेको बताईन ।

तेज प्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफले, द्तिीय उपाध्यक्षमा नेत्र रुचाल, महासचिव खिम बहादुर खड्का, कोषाध्यक्ष काशीराम पोखरेल, सचिव लिल बहादुर कार्की, सहकोषाध्यक्ष बुद्ध बहादुर सारु र सदस्यहरुमा अनिरुद्ध खनाल, भोजराज पाण्डे, बिनोद ढकाल, गणेश पन्थी, अग्नी कुमार अग्रहरी, गोबिन्द श्रेष्ठ, देबेन्द्र शर्मा, महिला सदस्य पुजा अग्रहरी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत लोक प्रसाद खरेलले जानकारी दिए।

यसैबीच फर्निचर ब्यवसायीहरुको हकहितका लागि संचार क्षेत्रबाट गरेको योगदान स्वरुप संघका प्रेस सल्लाहकार दामोदर खनाललाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान-पत्रबाट सम्मान गरिएको छ ।

रुपन्देही जिल्लामा करिव १ हजार ५ सय उद्योगहरुमा ७ हजार ५ सय जनाले रोजगार पाएका छन । जसमध्ये ६० प्रतिशत भारतियहरू रोजगारमा संलग्न रहेका छन् । बुटवल फर्निचर उद्योग संघमा हाल १ सय ९० उद्योगीहरु आबद्व छन । कार्यक्रममा महासचि अशोक कुवरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि कार्यक्रम वारे जानकारी गराएका थिए ।