सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको छ भने सय भन्दा धेरै घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खल्ङ्गगा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको बताए ।
उनले भने,‘मृत्यु हुनेको संख्या बढ्ने देखिए छ । कतिपय ठाउँमा संचार सम्पर्क हुन सकेको छैन् । सुरक्षा निकायहरु पनि पैदल जानू पर्ने र घटनास्थल नपुगेको हुँदा विवरण आउन बाँकी छ ।’
प्रतिक्रिया