काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । पाइलट पोशाकमै विमानस्थल परिसरमा कुटाकुट गर्ने तारा एयरका वरिष्ठ क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको प्राधिकरणले जनाएको छ ।
साथै तारा एयरले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताएका छन् । उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताए । प्राधिकरणले मन्थली विमानस्थलका प्रमुखलाई पनि निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले जनाएको छ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।
प्रतिक्रिया