ताजा अपडेट »

बुटवलको सडकमै भन्सार छलीको खुद्रा सामग्री छाडेर भागे व्यापारी

विहीबार, १६ कार्तिक २०८०

बुटवल । भन्सार छलेर ल्याएको अवैध सामान बुटवलको सडकमै छाडेर तस्करी गर्ने वेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–६ खयरघारी स्थित सडकमै मँगलबार बेवारिसे अवस्थामा अवैध सामग्री फेला परेको हो ।

भन्सार छलि अवैध पैठारी गरी ल्याएका खुद्रा तथा किराना समान ओसारपसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली पुग्दा सडक किनारमा बेवारिसे अवस्थामा बोरा तथा कार्टुनहरु फेला परेको थियो । बोरा र काटुन खोलि हेर्दा बिभिन्न किसिमका मिठाईहरु फेला परेको हो । अन्दाजी मुल्य ३७ हजार ८०० मूल्य बराबरको खुद्रा मिठाई लगायतका सामग्री आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।