ताजा अपडेट »

आम्दा नेपालको थप २०० शैया भवनको प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास

विहीबार, १६ कार्तिक २०८०
2 Shares

बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास गरिएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले भवनमाको शिलान्यास गरेका हुन् ।

हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नजिता स्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको बताइएको छ ।

विस २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।