ताजा अपडेट »

नेपाली क्रिकेटरलाई डिसहोमको 'ललिपप' : असम्भव उपहार योजना देखाएर आफ्नो प्रचार

विहीबार, १६ कार्तिक २०८०
2 Shares

काठमाडौं । डिशहोम फाइवर नेटले नेपाली क्रिकेट खेलाडीहरुलाई ‘ललिपप’ देखाएर आफ्नो प्रचार गर्ने उपाय अपनाएको छ । काठमाडौंमा जारी एईसीसी टि २० विश्वकपका लागि एसिया क्षेत्र छनोटमा सम्भव नै नहुने नतिजा हासिल गरेमा २० लाखसम्मको उपहार योजना ल्याएर प्रचारको शैली अपनाएको हो ।

उसले खेलाडीहरुको प्रोत्साहनका लागि भन्दै खेलाडीहरुले एकै खेलमा १०० रन र पाँच विकेट दुबै लिएमा २० लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । जब की कुनै पनि टिममा ब्याटिङ लाइनमा उत्कृष्ट भएका खेलाडी बलिङमा पनि उत्तिकै उत्कृष्ट हुन असम्भव प्राय हुन्छ । कुनै पनि खेलमा ब्याटिङतर्फ सेन्चुरी पूरा गरेको खेलाडीले ५ विकेट लिने गरी बलिङ गरेको घटना क्रिकेट ईतिहासमै सायदै होला । यसरी दुबैतर्फ उत्कृष्ट हुनका लागि विलक्षण खेलाडीनै चाहिने छ । यसैगरी दोस्रो आकर्षणको रुपमा रहेको १० लाख रुपैयाँको पुरस्कार पनि त्यति सहज देखिँदैन । २० ओभरको खेलमा कुनै पनि खेलाडीले सय रन पूरा गर्नका लागि ठूलै मेहन गर्नुपर्ने हुन्छ । तेसे आकर्षणको रुपमा रहेको ५ लाख रुपैयाँको पुरकार पनि त्यति नै कठिन देखिन्छ । एउटै बलरले ५ विकेट हासिल गर्नका लागि पनि मेहन ठूलोनै लाग्ने छ ।

डिसहोमले नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइल्स्टोनलाई सम्मान भन्दै पुरस्कार योजना सार्वजनिक गरेर चर्चा कमाउने प्रयास गरेको हो । हाल्फ सेन्चुरी गरेमा एक लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनको ५० हजार र ३ क्याच (स्टम्पिङ्) गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।