ताजा अपडेट »

अर्थतन्त्रको दबाबलाई कम गर्न विशेष कार्योजना ल्याउँदै छौं : प्रधानमन्त्री

विहीबार, १६ कार्तिक २०८०
2 Shares

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्योजना ल्याउने तयारी गरेको बताएका छन् । आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको दाबी गर्दै उनले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गरे ।

बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रमनमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंकको ब्यादरसमेत बिस्तारै घटिरहेको उल्लेख गरे । बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजित नभएर १० प्रतिशतभन्दा कमनै राख्ने गरी प्रयास जारी रहेको उल्लेख गरे । यसैगरी मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराशा नहुन आग्रह गरे । मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको उल्लेख गरे । यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उल्लेख गरे ।